प्रदेशलाई बलियो बनाउनु पर्नेमा बालेनको जोड
काठमाडौँ अधिकार माग्न होइन,पशुपति घुम्न जाने हो

काठमाडौँ- काठमाडौँ महानगरपालिका निवर्तमान प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहले प्रदेशलाई थप बलियो र अधिकार सम्पन्न बनाउनु पर्ने जोड दिनु भएको छ ।
रास्वपाको चुनावी अभियान अन्तर्गत आज जनकपुरमा चुनावी सभालाई सम्बोधन गर्नुहुँदै रास्वपा बरिष्ठ नेता बालेनले संघीय शासन ब्यवस्थलाई थप बलियो बनाउनुपर्ने बताउनु भएको हो ।
”जनकपुर मधेश प्रदेशको राजधानी हो । जनकपुरको नगरपलिकाको कार्यकारी अधिकृत पाउन काठमाडौँ जानु पर्छ । काठमाडौँ सँग माग्नु पर्ने छ । मधेशबाट काठमाडौँ अधिकार खोज्न होइन पशुपति नाथ घुम्न जाने हो” बालेनले भन्नु भयो ।
बालेनले आफु काम गर्ने मान्छे भएको र काम गरेर देखाउने बताउनु भयो । काठमाडौँको मेयर भएपनि माइतीघरमा उखु किसान र मिटरब्याज पीडितले आन्दोलन गर्दा मुकदर्शक बन्नु परेको उहाँको भनाइ थियो । ‘अब गरेर देखाउँछु । काठमाडौंमा मेयरमा रहेर ३५ पालिकाको एम्बुलेन्स बनाउन सकेँ, संघ सरकारमा गएँ भने कति सकौंला ?,’ बालेनले भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्