झापाबाट फर्किदा एयरपोर्टमा सुन तस्कर झैँ व्यवाहार गरियो-ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफु झापाबाट काठमाडौँ फर्कदा आफुलाई सुन तस्कर झै गरी व्यवाहार भएको बताउनु भएको छ ।
पार्टी मुख्यालयमा च्यासलमा आज आयोजित कार्यक्रमा ओलीले झापाबाट फर्किँदा आफुलाई विमानस्थलमा माथिको आदेश भन्दै सुन तस्करझैँ चेकिङ गरेर हैरानी दिएको बताउनु भएको हो ।
‘अस्ति जाँदा त राम्रो व्यवहार गरेको थियो। हिजो फर्किँदा त नेत्र जलिसकेछ। सुन तस्करीझैँ गरेर चेकिङ गरेर हैरान पारेको छ। विदेश जाँदा पनि चिनेको ठाउँहरूमा हामीलाई त्यस्तो गर्दैन। हिजो एयरपोर्टमा हेप्यो, किन यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ रे। पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले भन्नुभयो ।
उनले सरकार नेताहरुलाई दुख दिने र अपमान गर्नतिर लागिरहेको भन्दै आन्दोलनमा उत्रिनुपर्ने हो या चुनावमा सामेल हुने हो अझै भन्नसक्ने स्थिति नरहेको टिप्पणी गर्नु भयो ।






प्रतिक्रिया राख्नुहोस्