चुनावलाई लक्षित गरेर काँग्रेस भित्र आन्तरिक आचारसंहिता लागू

काठमाडौँ- नेपाली काँग्रेसले पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउन निर्वाचनलाई लक्षित गरेर आन्तरिक आचारसंहिता लागू गरेको छ ।
पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले पार्टीको आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गरेको जानकारी गराउनु भएको हो । आचरसिंहता भित्र नेता कार्यकर्ताको निर्वाचन अनुशासनका विषयहरु समेटिएका छन् ।
कांग्रेसले यसपटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति बनाएको पनि उहाँले जानकारी दिनु भयो । सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत मतदाता पहुँच विस्तार गर्ने योजना अनुसार प्रचार अभियान अघि बढाइने उहाँको भनाइ छ ।
प्रवक्ता चालिसेले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा सिर्जना गरेको र महाधिवेशनमा सहभागी नहुनेहरू समेत पार्टी गतिविधिमा जोडिन थाल्नु भएको छ जानकारी दिनुभयो ।
कांग्रेसले संगठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार विधिलाई आधार बनाएर निर्वाचनमा जाने रणनीति लिएको बताइएको छ ।
कार्यक्रममा कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गर्यो, १०६ जना नयाँ अनुहार मैदानमा रहेको जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्