राति अबेरसम्म मतदाता माझ काँग्रेस सभापति थापा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सर्लाहीमा मतदाता नेता एवम कार्यकर्ता भेटघाटलाइ अघि बढाउनु भएको छ ।
सोमवार सर्लाही आउनु भएका काँग्रेस सभापति थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ का मतदाताका बीच पुग्नु भएको हो । थापाले आज मतदात भेटघाटदेखि उक्त निर्वाचन क्षेत्रमा रहेका विकास निर्माणका अलपत्र परियोजनाहरुको जानकारी समेत लिनु भयो । राति अबेर सम्म पनि थापा मतदाता बीच भेटवार्ता चलिरहेको थियो ।

मतदाताहरु सँग स्थानीय समस्या सुन्दै सभापति थापाले यस क्षेत्रको आबज अझ बुलन्द गर्ने बताउनु भयो ।
उहाँले आफूले सर्लाहीमा गरिरहेको कुरा काठमाडौंमा पनि निरन्तरता दिने बताउनु भयो । ‘मैले आज यहाँ सर्लाहीमा जे कुरा गरिरहेको छु, काठमाडौं पुगेपछि पनि त्यही कुरा गर्छु । मेरो विचार एउटै हो,’ उहाँले भन्नु भयो ।
सभापति थापाले काठमाडौंका मानिसलाई जति हक छ, सर्लाहीका मानिसलाई पनि त्यति नै हक छ । सबै बराबर हकदार छन् । म यही विश्वास र मान्यतामा दृढ छु ।






प्रतिक्रिया राख्नुहोस्