सुनको भाउ प्रतितोला १३ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज चाँदीको मोल पनि घटेको छ । आइतबार प्रतितोला पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घका अनुसार उक्त दिन सुनको मोल प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य तोलामा तीन दिनमा ५२ हजार ७०० रुपैयाँले घटेको हो ।






प्रतिक्रिया राख्नुहोस्