समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइयो

काठमाडौं– निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको छ ।

आयोगले उमेर नपुगेका, मतदाता नामावलीमा नाम नभएका, जरिवाना नतिरेका, कालोसूचीमा रहेकाहरूको नाम बन्दसूचीबाट हटाएको हो ।

त्यसै गरी कर्जा सूचना केन्द्रको कालो सूचीमा राखेका  २१ जना, प्रदेशसभाको बन्दसूचीतर्फ नाम कायम भएका २५ जना,आयोगको जरिवाना भुक्तान नगरेका १०, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा समावेश नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिलाको ठाउँमा पुरुष उम्मेदवारको रुपमा पेश भएका १, राजनीतिक दलबाट नाम हटाउन अनुरोध भएका १० र अन्य कारणबाट २ जनाको नाम हटाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.