प्रत्यक्षतर्फ ३० जिल्लाको मतपत्र छाप्ने काम सम्पन्न

काठमाडौँ- फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ ।

३० जिल्लाको मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको पनि निर्वाचन आयोगले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.