वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ – वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
हृदयाघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको आज निधन भएको कलाकार केदार प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
“वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ। कला क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस्! थापाको निधन पछि घिमिरेले फेसबुकमा लेख्नु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्