कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्नुस्: काँग्रेस उपभापति शर्मा

चितवन- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

कांग्रेस चितवनले आज आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो कुरा प्रष्ट रूपमा राख्न अरुलाई कुनै पनि हिसाबले लाञ्छित नगर्न आग्रह गर्नुभएको हो ।

उपसभापति शर्माले कसैलाई गाली नगरी आफ्ना कुरा जनतालाई बुझाउन र निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो । 

उहाँले पार्टीभित्र भएको विशेष महाधिवेशनले मैलो पखालेको भन्दै देश बदल्ने सङ्कल्पसहित गुटरहित मानसिकता चुनावमा होमिएको सन्देश दिन पनि निर्देशन दिनुभयो ।

पार्टीले फागुन २१ लक्षित गर्दै २१ दिने अभियान सञ्चालन गर्न लागेको भन्दै उपसभापति शर्माले अभियानका क्रममा जिल्ला, प्रदेश र केन्द्रले खटाएका नेताबाहेक अन्य नेताहरू आफ्नै वडामा २१ दिन खटिन स्पष्ट निर्देशन दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.