राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित

काठमाडौँ– राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र विधेयक, २०८१’ पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
सो प्रस्ताव सर्वसम्मतीले पारित गरेको सभाध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो । सभाको आगामी बैठक फागुन १ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्नेछ ।






प्रतिक्रिया राख्नुहोस्