राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सभाको अधिवेशनको अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सभाको १९औँ अधिवेशन यही माघ ४ गतेदेखि चालु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.