जन अपेक्षा सम्बोधन गर्दै देश सम्हाल्ने विषय नै मुख्य हो: काँग्रेस सभापति थापा

सर्लाही– नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताउनुभएको छ ।
सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सभापति थापाले आगामी पाँच वर्षमा जन भावना अनुसार सरकारले काम गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन । हामीले कर्तव्यबोध गरेर काम गर्नुपर्छ । सुशासन कायम गर्नुपर्छ । जनता कुशासनले आजित भएका छन्, हामीले सुधार गर्नुपर्ने धेरै कुरा छन् । युवालाई रोजगारी चाहिएको छ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयमा काम गर्नुपर्ने छ । त्यसैले देश सम्हाल्न राष्ट्रिय दलले कर्तव्य बोध गरेर काम गर्नुपर्ने हुन्छ ।”
सभापति थापाले देशमा जोशसँगै होसका साथ र उत्साहसँगै अनुभवका साथ आगामी दिनमा काम गर्नुपर्ने दायित्व रहेको बताउनुभयो । जनतालाई परिणाम दिनुपर्ने समय आएको उल्लेख गर्दै उहाँले अब आनाकानी गर्ने छुट नभएको बताउनुभयो । सबै दललाई साथमा लिएर स्थायित्व हुने काम गर्नुपर्ने सभापति थापाको भनाइ थियो ।
कांग्रेसले नतिजा दिने गरी काम गर्ने सभापति थापाले बताउनुभयो । सर्लाही–४ का मतदातासँग भेटघाट गर्दै उहाँले प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.