सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ- आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन तीन हजारले र चाँदी १२५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल चार हजार ८६० रुपैयाँ निर्धारण भएको छ ।
साताको पहिलो दिन हिजो आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी चार हजार ८६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २५ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्