नेप्सेमा गिरावट, कारोवार रकम पनि घट्यो

नेप्से परिसूचक आज घटेर बन्द भएको छ। गत बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से, सोमवार भने घटेर बन्द भएको हो ।
सोमबार नेप्से परिसूचक ८.१६ अंक घटेर २६६२.९१ विन्दुमा रहेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबारमा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। रिलायन्स र सालपा गत बिहीबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका कम्पनी हुन्।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको आज ६५ करोड ३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै आँखु खोला जलविद्युत कम्पनीको ५२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४८ करोड रुपैयाँभन्दा बढि रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्