सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ- आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य ६०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १५ हजार ४०० र एक तोलाको चाँदीको पाँच हजार ७२५ रुपैयाँ कायम भएको छ । गत मङ्गलबार तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७१५ निर्धारण भएको थियो ।

हिजो बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल पाँच हजार ५८५ रुपैयाँ निर्धारण भएको थियो । गत सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी पाँच हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १९० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.