काँग्रेस सभापति थापाद्वारा मतदान

काठमाडौँ- नेपाली काँग्रेस सभापति गगन कुमार थापाले मतदान गर्नु भएको छ । सभापति गगन कुमार थापा काठमाडौँ मैतीदेवी मन्दिर स्थित मतदान केन्द्रमा पुगी मतदान गर्नु भएको हो ।
सभपति थापा यसअघि यसै निर्वाचन क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । मतदान गरेपछि उहाँले निर्वाचन संविधानलाई ट्रयाक मा ल्यायन आवश्यक रहेको यो निर्वाचनले त्यो वातावरण बनाएको बताउनु भयो ।
उहाँले यो निर्वाचनले जे म्याण्डेट दिन्छ त्यसैले अबको पाँच बर्ष कसरी संचालन हुने भने अधिकार दिने बताउनु भयो ।
देशमा सुशासनको मुद्दा कार्यान्वयन गर्ने क्रममा उत्तेजना र प्रतिशोधको राजनीतिक गर्न नहुँने उहाँको भनाइ छ । सुझबुझ सहित मतदान गर्न उहाँले आग्रह गर्नु भयो ।






प्रतिक्रिया राख्नुहोस्