महेश बस्नेतलाई पछि पार्दै भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ- भक्तपुरका २ मा एमालेका महेश बस्नेतलाई पछि पार्दै रास्वपाले अग्रता लिएको छ । भयसअघि अग्र स्थानमा रहेका एमालेका महेश बस्नेतलाई पछिपार्दै राश्वपाका राजिव खत्रीले अग्रता लिएका हुुन ।
खत्रीले १४०० मत पाएका छन् । त्यस्तै बस्नेतले १२०० र नेपाली कांग्रेसका कविर राणाले १७१ मत पाएका छन् ।
नेपाल मजदुर किसान पार्टीका रमेश बैधले १३८ मत पाएका छन् ।भक्तपुर क्षेत्र नं. १ मा रास्वपाले प्रारम्भिक अग्रता बनाएको छ । १४०० मत गन्दाको पहिलो अपडेटमा रास्वपाका रुकेश रन्जितले ८८८ मत सहित अग्रता लिएका छन ।
त्यसैगरी कांग्रेसका किरण न्यौपानेले २३५ मतका साथ उनलाई पछ्याएका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवालले ७५ मत पाउँदा राप्रपाका भरत बहादुुर खड्काले ६१ मत ल्याएका छन् ।



प्रतिक्रिया राख्नुहोस्