चिसो र लोडसेडिङको दोहोरो मारमा हुम्लाका विद्यार्थी

हुम्ला- आइतबार दिउँसो १ बजेदेखि भएको हिमपातले सदरमुकाम सिमकोटमा एसइईका लागि तयारी गरिरहेका विद्यार्थीहरुलाई सकस भएको छ ।

हिमपातसँगै चिसो ह्वात्तै बढेपछि जेठ महिना हुने भनिएको एसइईको टयुसन पढने परिक्षार्थीलाई चिसोले समस्या भएको हो । परीक्षाको तयारी गर्न सदरमुकाम सिमकोट पुगेकी कर्णाली माध्यमिक विद्यालय चौगानफयाँमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु बताउँछन ।

हिमापातले चिसो अत्यधिक चिसो बनाएर कक्षा कोठामा लेख्न समेत गाह्रो हुने गरेको उनीहरु बताउँछन ।

चिसोले अध्ययन गर्न र लेख्न समेत कठिन भएको कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा शारदा शाहीले बताइन् ।
उनले भनिन्- “हिमपातका कारण चिसोले गणित,विज्ञान,अंग्रेजी लगायतका विषयको पढाइ नसकिने चिन्ता लागेको छ ।”

जिल्लामा पुस अन्तिममा आएर हिमपात हुँदा टयुसन पढ्ने परिक्षार्थीहरुलाई चिसोले समस्या बनाएको बालमन्दिर माध्यमिक विद्यालयका विज्ञानका शिक्षक धिरज रोकाया बताउनुहुन्छ।

बालमन्दिर माध्यमिक विद्यालयमा झण्डै १ सय ५०  विद्यार्थी अहिले टयुसन पढिरहेका छन ।

जिल्लाका ३ गाउँपालिका विद्यार्थीहरु सदरमुकाम सिमकोटमा ट्युटन अध्ययन गर्ने आएको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिनुभयो ।

मानरोवर माध्यमिक विद्यालयका गणित,विज्ञान,अंग्रेजी लगायतका विषयमा अध्ययन गर्ने १ सय ६० जना विद्यार्थीहरुले टयुसन कक्षा लिएको प्रअ शाहीले बताउनुभयो ।

खार्पुनाथ गाउँपालिका, सिता माध्यमिक विद्यालय,छिप्र्रा,रामदेव माध्यमिक विद्यालय, ठेहे, रलिङ माध्यमि विद्यालय बरगाँउ,कर्णाली माध्यमिक विद्यालय, चौगानफयाँ लगायतका क्षेत्रहरुबाट विद्यार्थीहरु सदरमुकाम सिमकोट टयुसन कक्षा लिन भनेर बसेका छन ।

बालमन्दिर माध्यमिकमा १ सय ५० र मानसरोवर माध्यमिक विद्यालयमा १ सय ६० जना गरी जम्मा ३ सय १० जना जति विद्यार्थीहरुले टयुसन कक्षा लिएका छन् ।

विद्युत कटौतीको मारमा परीक्षार्थी

५ सय किलोवाट क्षमता भएको हिल्दुम साना जलविद्युल आयोजनाले दैनिक ११ घण्टा लोडसेटिङ्ग गरेपछि जिल्ला सदरमुकाम सिमकोटमा एसइईको परीक्षा दिने परीक्षार्थी दोहोरो मारमा परेका छन ।

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुने गरेपछि सदरमुकाम सिमकोट कोठा भाडा लिएर ट्युसन पढने विद्यार्थीहरुलाई दोहोरो मर्का परेको हो ।

५ सय किलोवाट क्षमता भएको हिल्दुम साना जल विद्युत आयोजना हाल ८० किलोवाट मात्रै उत्पादन हुन थालेपछि यहाँका विद्यार्थीहरु र व्यवसायीहरुलाई समस्या भएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.