ललितपुर–१ रास्वपाका बुद्धरत्न महर्जन विजयी

ललितपुर– ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी हुनुभएको छ । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल गर्नुभएको हो ।
प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गर्नुभएको छ । त्यस्तै ६ हजार ५४६ मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गर्नुभएको छ ।
यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो । खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना उम्मेदवार बन्नुभएको थियो ।
महर्जन २०७२ सालको भूकम्पमा ५०० घर र ३ स्कूल बनाउने दानवीरका रुपमा परिचित हुनुका साथै १० वर्षका राष्ट्रिय पुरस्कृत कलाकार,दोस्रो राष्ट्रिय लोकनृत्य प्रतियोगिता विजेता (२०५४) | अनुभव, इमान्दारिता र सिर्जनशील नेतृत्वको रुपमा रहनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्