कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी

कैलाली- कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी हुनुभएको छ । खनालले १९ हजार ५७ सय मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टी नेपालका पतीराम चौधरी ले ११ हजार ९४९ मत प्राप्त गर्नुभयो ।
विक्रम सम्वत् २०५६ साल पुस ९ गते जन्मिनुभएका खनाल सामाजिक सेवामा आवद्ध हुँदै आउनु भएको छ।
उहाँ विगत १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय रहँदै ‘क्लिन काष्ठमण्डप’ र ‘काठमाडौं ट्र्यास कलेक्सन’ जस्ता देशव्यापी सरसफाइ अभियानहरूको नेतृत्व गरिसक्नुभएको छ।
‘मैना देवी फाउन्डेसन’ मार्फत बाजुरामा अनाथालय स्थापना गरेर चर्चामा आउनु भएका खनाल कोरोना महामारीको समयमा २०० भन्दा बढी गरिब परिवारलाई सहयोग पुर्याउनुका साथै ‘भोकै छ हुम्ला’ जस्ता मानवीय अभियानहरूको नेतृत्व गर्नुभएको छ।
उहाँले सामाजिक सेवामा पुर्याउनुभएको योगदानका कारण नेपाल सरकारबाट ‘राष्ट्रिय समाज कल्याण पुरस्कार–२०२१’, राष्ट्रपतिबाट ‘जनसेवा श्री’ पदक तथा भारत र दुबईबाट ‘युथ आइकन’ अवार्ड प्राप्त गर्नुभएको छ।
सामाजिक कार्य विषय (BSW) मा स्नातक उत्तीर्ण गर्नुभएका खनाल हाल स्नातकोत्तर (MSW) अध्ययनरत हुनुहुन्छ।।






प्रतिक्रिया राख्नुहोस्