दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेल निर्वाचित हुनुभएको छ ।

खरेलले ३२ हजार ३७६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का पार्वत गुरूङले १७ हजार ४४९ प्राप्त गर्नुभयो ।

विसं २०४५ सालमा दोलखामा जन्मिनु भएका खरेलले २०७९ मा रास्वपा प्रवेश गर्दै राजनीति यात्रा सुरु गर्नु भएको हो ।

टोयोटा डिलरदेखि पर्यटन र बीमासम्म बहुआयामिक उद्यमशीलतामा आवद्ध हुनुभएका खरेलले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।

स्थानीय स्तरमा रोजगारी र आर्थिक गतिविधिमा सक्रिय योगदान पुर्‍याउँदै आउनु भएका खरेल इन्जिनियरिङ पृष्ठभूमिका हुनुहुन्छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.