हालसम्म ७७ लाख ४८ हजार समानुपातिक मत गणना

काठमाडौँ- समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७७ लाख ४८ हजार ६४६ मत गणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको मध्यरातसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३७ लाख ४९ हजार १९९ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले १२ लाख ६३ हजार ८९, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १० लाख ६९ हजार ५३०, नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ४९ हजार ९६०, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ६३ हजार ८८ मत प्राप्त गरेको छ ।

श्रम संस्कृति पार्टीले २ लाख ५३ हजार २६३, जनता समाजवादी पार्टी नेपालले १ लाख १५ हजार ४१० मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.