समानुपातिक मतगणना जारी, ९५ लाख ८३ हजार गणना

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । अहिलेसम्म ९५ लाख ८३ हजार २४८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ लाख २८ हजार ६७१ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले १५ लाख ५२ हजार ५१५, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १२ लाख ९४ हजार ७४२, नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ९९ हजार ५५, श्रम संस्कृति पार्टीले तीन लाख १३ हजार ४८९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २६ हजार ४२४ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगको मतगणना प्रबिष्ट प्रणालीका अनुसार जनता समाजवादी पार्टी नेपालले एक लाख ५०० हजार ५३७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ४८ हजार २९२ र जनमत पार्टीले ६७ हजार ३०१ मत प्राप्त गरेको छ ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ १६४ क्षेत्रको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका १२५ उम्मेदवार विजयी भइसकेका छन् । कांग्रेस १८, एमाले ८, नेपाली कम्युनिष्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.