समानुपातिक तर्फ रास्वपालाई ५० लाख बढी मत

काठमाडौँ- समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एक करोड ४ लाख १९ हजार मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५० लाख मत सहित पहिलो स्थानमा छ ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, नेकपा (एमाले)ले १४ लाख ११ हजार ४ सय २९ नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६४ हजार ९ सय ७५ मत प्राप्त गरेको छ । यसैगरि श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ६१६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २३ हजार ९४२ मत प्राप्त गरेको छ ।
मतगणना जारी छ । आज सम्ममा समानुपातिक तर्फको पनि मतगणना सकिने भन्दै निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको सम्पूर्ण कार्यहरु चैत्रको पहिलो साताभित्र सम्पन्न गर्ने गरी काम भइरहेको जाकारी दिनुभएको छ ।
चैत्रको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरुलाई प्रमाणपत्र दिने लगाएतका सम्पूर्ण कामहरु सम्पन्न भइसक्ने आयोगका प्रवक्ता भट्टराईले बतानुभयो ।।





प्रतिक्रिया राख्नुहोस्