रौतहट-१ बाट रास्वपाका राजेशकुमार चौधरी विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहट-१ बाट रास्वपाका राजेशकुमार चौधरी विजयी हुनुभएको छ । उहाँले २८९४६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले १०६९३ मत प्राप्त गर्नुभएको छ ।
रौतहटको दुर्गाभगवती गाउँपालिका-१ गंगापिप्रामा जन्मनु भएका चौधरी ५४ बर्ष पुग्नु भयो।
पहिलो पटक २०५४ मा नेकपा एमालेको सदस्यता लिई राजनीतिमा प्रवेश गर्नु भएका उहाँ २०७४ मा कांँग्रेस प्रवेश गरी जिल्ला सचिव हुनु भएको थियो ।
निर्वाचनको समयमा उहाँ काँग्रेस छाडेर रास्वपा प्रवेश गर्नु भएको थियो ।
विहार बोर्डबाट १२ कक्षा सम्मको अध्ययन गर्नु भएका शाहले सत्ताको दुरुपयोग र अनियमितता विरुद्ध आवाज उठाउँदै आउनु भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्