आयल निगमले बजारमा आधा सिलिण्डर मात्रै ग्यास पठाउने

काठमाडौँ- नेपाली उपभोक्ताहरुले सहज रुपमा खाना पकाउने ग्यास नपाएको धेरै समय भएको छ।

नेपाल आयल निगमले बजारमा नियमित रुपमा ग्यास आपूर्ति भइरहेको बताए पनि एलपी ग्यासको लागि सर्वसाधारणले अनेकौँ सास्ती झेल्न बाध्य छन।

यसैबीच, नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ ।

इरानमा बढ्दो द्वन्द्वले पेट्रोलियम पदार्थ बोकेर आउने जहाजमा समेत आक्रमण हुँदा विश्वव्यापी आपूर्ति श्रृंखला कमजोर भएको छ । यसको प्रत्यक्ष असर नेपालमा खाना पकाउने ग्यासको अभावका रूपमा देखिएको छ ।

काठमाडौँसहित देशभर उपभोक्ताहरू बिहानैदेखि लामो लाइनमा बसिरहेका छन्, तर धेरैजसो खाली सिलिन्डर लिएरै घर फर्किन बाध्य छन् ।

भारतमा भने स्थिति केही फरक छ । आधार कार्ड प्रणालीमार्फत घरेलु उपभोक्तालाई प्राथमिकता दिँदा त्यहाँ अभाव तुलनात्मक रूपमा नेपालमा भन्दा कम छ ।

होटल र रेस्टुरेन्टमा समस्या देखिए पनि घरपरिवारलाई ग्यास आपूर्ति व्यवस्थित रूपमा पुगेको छ । नेपालमा भने व्यवस्थापन प्रणाली कमजोर भएकाले कालोबजारी र उपभोक्ताले नै बढी जम्मा गरेर राख्दा संकट अझ गम्भीर देखिएको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरको भनाइ छ ।

यसैबीच, नेपाल आयल निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संग्रह नगर्न आग्रह गरेको छ । निगमले सम्भावित समस्यासँग जुध्न सकभर विजुली चुल्होहरु इण्डक्सन र इन्फ्रारेडको प्रयोग गर्न पनि आग्रह गरेको छ ।

इरान द्वन्द्व लम्बिएको खण्डमा नेपालमा ग्यास मात्र होइन अन्य पेट्रोलिम पदार्थको पनि अभाव हुन सक्ने भएकाले खपत कम गर्न निगमले आग्रह गरेको हो।

विजुलीका लागि जेनेटर नचलाउन, औद्योगिक क्षेत्रमा इन्धन खपत कम गर्न निगमले अनुरोध गरेको छ ।

भारतले डिजिटल प्रणाली प्रयोग गरेर संकटलाई आंशिक नियन्त्रण गरेको भएपनि नेपालले पनि तत्काल सुधारात्मक कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.