नुवाकोट-१ बाट रास्वपाका विक्रम तिमिल्सिना विजयी

काठमाडौँ- नुवाकोट-१ बाट रास्वपाका विक्रम तिमिल्सिना विजयी हुनुभएको छ। उहाँ २२६०९ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा प्रकाश शरण महतले १८५९७ मत प्राप्त गर्नुभएको छ ।

४३ वर्षीय तिमिल्सिना परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञ मानिनुहुन्छ। उहाँले राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा Griffith University, Australia बाट पिएचडी प्राप्ता गर्नुभएको छ भने Master of International Studies, Peace and Conflict Resolution (The University of Queensland, Distinction) पनि हासिल गर्नुभएको छ।

उहाँ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकका रूपमा संलग्न हुनुहुन्छ। नेपालको शान्ति प्रक्रिया र विदेश नीतिमा उहाँको अनुसन्धान विशेषज्ञता रहेको छ।

सञ्चार क्षेत्रमा पनि उहाँको करिब दुई दशकको अनुभव छ; रेडियो सगरमाथादेखि अन्तर्राष्ट्रिय मिडियासम्म सम्पादकीय र सञ्चार कार्यमा सक्रिय रहनुभएको छ।

भ्रष्टाचार विरुद्धको अध्ययन (Anti-Corruption Studies) मा ज्ञाता भएका तिम्लिसिनाले भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेह प्रणाली निर्माण गर्ने विषयमा स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुहुन्छ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.