नुवाकोट-२ बाट रास्वपाका अचुत्तम लामिछाने विजयी

काठमाडौँ- नुवाकोट-२ बाट रास्वपाका अचुत्तम लामिछाने विजयी हुनुभएको छ । उहाँ ३२०५४ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जगदिश्वर नरसिंह केसीले १५५०३ मत प्राप्त गर्नुभयो ।

४८ वर्षीय लामिछाने खेलकुद क्षेत्रसँग घनिष्ठ सम्बन्ध भएका व्यक्तित्व हुनुहुन्छ।

उहाँले दक्षिण कोरियाको प्रख्यात Yong In University बाट खेलकुद विज्ञान (Sports Science) मा PhD हासिल गर्नुभएको छ भने मास्टर्स अध्ययन पनि त्यही विश्वविद्यालयबाट गर्नुभएको छ।

उहाँ मार्शल आर्ट्सका विशेषज्ञ हुनुहुन्छ । तेक्वान्दो र योङमुदो (Yongmudo) मा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक तथा खेलाडीका रूपमा उहाँ परिचित हुनुहुन्छ।

सामाजिक क्षेत्रमा पनि सक्रिय, उहाँले “Martial Arts Youth Point for Peace, Health & Education” मार्फत युवाहरूलाई अनुशासन, स्वास्थ्य र शिक्षा तर्फ मार्गदर्शन गर्दै आउनु भएको छ ।

लामिछाने बहुआयामिक क्षमताका धनी हुनुहुन्छ—स्पोर्ट्स म्यासेज, काइरोप्राक्टर (Chiropractor) र एक्सरसाइज प्रिसक्रिप्सनका विज्ञसमेत हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.