तनहुँ-२ बाट रास्वपाका श्रीराम न्यौपाने विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत तनहुँ-२ बाट रास्वपाका श्रीराम न्यौपाने विजयी हुनुभएको छ । उहाँले ३२६८७ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शंकर भण्डारीले १४१३५ मत प्राप्त गर्नुभएको छ ।

५६ वर्षीय न्यौपाने पेशाले जलश्रोत इन्जिनियर हुनुहुन्छ।

पानी, ऊर्जा र पूर्वाधारका विषयलाई ‘ड्रइङ बोर्ड’देखि ‘फिल्ड’सम्म बुझ्ने प्राविधिक क्षमता उहाँसँग छ।

नेपाल सरकारको खानेपानी विभागमा इन्जिनियरका रूपमा काम गर्दै राज्य संयन्त्रभित्र बसेर प्रणाली कसरी चल्छ र कहाँ अड्किन्छ भन्ने व्यवहारिक अनुभव न्यौपानेले बटुल्नुभएको छ।

मेलम्ची खानेपानी आयोजना र नागढुङ्गा सुरुङ मार्गजस्ता राष्ट्रिय गौरवका आयोजनामा आयोजना निर्देशकका रूपमा काम गर्दै सुरुङ निर्माणजस्तो जटिल कार्यसमेत सम्हाल्नुभएको छ। यसले काम “कसरी हुन्छ” भन्ने उहाँको ट्र्याक-रेकर्डलाई पुष्टि गर्छ।

उहाँले इन्जिनियरिङ शिक्षा क्षेत्रमा प्राध्यापनसमेत गर्नुभएको छ, जसले ज्ञान बाँड्ने, टोली निर्माण गर्ने र नेतृत्व विकास गर्ने क्षमता देखाउँछ।

हाल उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय ऊर्जा तथा जलस्रोत विभाग प्रमुखका रूपमा ऊर्जा, जलस्रोत र पूर्वाधारका मुद्दालाई ‘कागज’बाट कार्य–योजनामा रूपान्तरण गर्ने जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.