रुपन्देही-१ बाट रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ- रुपन्देही-१ बाट रास्वपाका सुनिल लम्साल विजयी हुनुभएको छ । उहाँ ५४८४५ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिराबहादुर खत्रीले ११९८२ मत प्राप्त गर्नभएको छ ।

लम्साल पेशाले इन्जिनियर हुनुहुन्छ।

३५ वर्षीय लम्साल हाल काठमाडौँ विश्वविद्यालयमा पिएचडी स्कलरको रुपमा हुनुहुन्छ ।

“पुरानो सेटअपको सट्टा नतिजामुखी राजनीति” भन्ने नारासहित प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएको नयाँ पुस्ताको नेतृत्वका रूपमा उहाँलाई हेरिन्छ।

पार्टीको केन्द्रीय नेतृत्व (महामन्त्री) को भूमिकामा रहँदै उहाँले संगठन व्यवस्थापन, अभियान सञ्चालन तथा नीतिगत एजेन्डा अघि बढाउने काम गर्दै आउनुभएको छ। यसले उहाँलाई मैदान र केन्द्र दुवै बुझ्ने नेतृत्वको रूपमा लिइन्छ ।

इन्जिनियरिङ पृष्ठभूमिका कारण उहाँले ‘डेलिभरी–केन्द्रित’ सोचलाई जोड दिनुहुन्छ।

काठमाडौँ महानगरपालिकामा मेयर बालेन साहको सचिवालयमा बसेर काम गरेको अनुभवसमेत उहाँसँग छ।

शहरी सेवा सुधार, पूर्वाधार विकास र कार्यान्वयन प्रक्रियामा पाएको अनुभवलाई रुपन्देही–१ को स्थानीय सेवा र पूर्वाधार सुधारसँग जोड्ने प्रयास उहाँले गर्दै आउनुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.