रुपन्देही-५ बाट रास्वपाका तौफिक अहमद खान विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देही-५ बाट रास्वपाका तौफिक अहमद खान विजयी हुनुभएको छ । उहाँ ३८८०६ मतसहित निर्वाचित हुनुभएको हो।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका खिमलाल भट्टराईले १३१०० मत प्राप्त गर्नुभएको छ ।
२०४३ सालमा रुपन्देहीको भैरहवामा जन्मनुभएका तौफिक अहमद खान अहिले पनि सोही ठाउँका स्थायी बासिन्दा हुनुहुन्छ ।
भारतको पाण्डिचेरी विश्वविद्यालय बैंगलोरबाट मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) उत्तीर्ण गर्नु भएका खानले दिल्ली विश्वविद्यालयबाट ब्याचलर अफ कमर्स (बीकम) पूरा गर्नु भएको छ ।
स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म नीति तथा परियोजनाका अनुभव खानसँग रहेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा रणनीतिक सल्लाहकार भएर काम गर्नुभएका खान वातावरणीय तथा कार्बन नीतिका जानकार मानिनुहुन्छ ।
स्थानीय संस्था ग्रिन युथ फाउन्डेसनका सल्लाहकारसमेत रहनुभएका खान वातावरण र नगर विकासमा सक्रिय रहँदै आउनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्