कपिलबस्तु-२ बाट रास्वपाका बिक्रम थापा निर्वाचित

काठमाडौँ- कपिलबस्तु-२ बाट रास्वपाका बिक्रम थापा निर्वाचित हुनुभएको छ । उहाँले २७६३५ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेन्द्र राज आचार्यले २१५२७ मत प्राप्त गर्नुभएको छ।
६३ बर्षीय थापा कपिलबस्तु, महाराजगंज नगरपालिका स्थायी बासिन्दा हुनुहुन्छ । विज्ञान संकायमा स्नातक गर्नु भएका उहाँ प्रहरी सेवाबाट अवकास भई काँग्रेसको राजनीतिमा लाग्नु भएको थियो ।
२०७९ मा कांग्रेसबाट लुम्बिनी प्रदेशसभा सदस्यमा कपिलवस्तु–२ (क) मा ५२२ मतले पराजित हुनु भएका उहाँ कांग्रेसबाट टिकट नपाएपछि रास्वपा प्रवेश गरी चुनावी मैदानमा होमिनुभएको थियो ।
पूर्व एसएसपीसमेत रहनु भएका थापा अपराध अनुसन्धानमा अनुभवी मानिनु हुन्छ । अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण र तराईमा आतंक मच्चाउने भूमिगत समूहलाई निस्तेज पार्ने काममा उल्लखेनीय भुमिका खेलेको थापा सेवा निवृत पछि २०७४ सालमा राजनीतिमा प्रवेश गर्नु भएको हो ।।






प्रतिक्रिया राख्नुहोस्