दाङ-२ बाट रास्वपाका विपिन कुमार आचार्य विजयी

काठमाडौँ- दाङ-२ बाट रास्वपाका विपिन कुमार आचार्य विजयी हुनुभएको छ । उहाँले ४३५५९ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शंकर पोख्रेलले १५२८७ मत प्राप्त गर्नुभएको छ ।
३९ बर्षीय आचार्य राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य मध्येका एक हुनुहुन्छ ।
पार्टीका सहमहामन्त्री समेत रहनु भएका उहाँ यसअघि उनले ग्यालेक्सी टेलिभिजनमा क्रियटिभ डाइरेक्टरका रुपमा काम गर्नु भएको थियो ।
उहाँले पार्टी भित्र संगठन विस्तार, राष्ट्रिय समन्वय र नीति/अभियानको डिजाइन–कार्यान्वयनमा केन्द्रीय जिम्मेवारीमा रहेर काम गर्नु भएको थियो ।
आचार्यको यो पहिलो संसदीय यात्रा हो । उहाँले काठमाडौँ विश्व विद्यालयबाट एमविए गर्नुका साथै भारतको राजस्थानबाट बायो टेक्नोलोजिमा स्नातक गर्नु भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्