दाङ-३ बाट रास्वपाका कमल सुबेदी विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दाङ-३ बाट रास्वपाका कमल सुबेदी विजयी हुनुभएको छ। उहाँले ४४२४८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक गिरीले १६४५३ प्राप्त गर्नुभएको छ ।

३८ बर्षीय सुवेदी दोस्रो प्रयासमा सांसद बन्नु भएको हो ।

रास्वपाका सस्थापक सदस्यसमेत रहनु भएका उहाँ २०७९ को निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट रास्वपाबाट उमेदवार भई काँग्रेसका दीपक गिरीसँग पराजित हुनु भएको थियो।

सुवेदी हाल पार्टीको केन्द्रीय प्रशिक्षण विभागको सचिव हुनुहुन्छ । उहाँले त्रिभुवन विश्व विद्यालयबाट राजनीतिक शात्रमा स्नातकोत्तर गर्नु भएको छ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.