बाँके-१ बाट रास्वपाका सुरेश कुमार चौधरी विजयी

काठमाडौँ- बाँके-१ बाट प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका सुरेश कुमार चौधरी विजयी हुनुभएको छ । उहाँले ३२७९२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणप्रसाद गौडेलले १५३०१ प्राप्त गर्नुभएको छ ।

दाङको घोराइ उपमहानगरपालिका १६ मा जन्मिएका ५६ बर्षीय चौधरी कम्युनिष्ट आन्दोलमा आवद्ध भई राजनीति सुरु गर्नु भएको हो।

२०३६ बाट एमाले निकट अखिको विद्यार्थी संगठनमा आवद्ध उहाँ पछि नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य हुनुभयो ।

अघिल्लो प्रतिनिधिसभाको चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षमा पराजित चौधरी २०८२ को निर्वाचन ताका रास्वपामा प्रवेश गर्नु भएको थियो ।

रास्वापा प्रवेश गरी सांसदको यात्रा सुनिश्चित गर्न चौधरी सफल हुनुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.