रुकुम पश्चिमबाट नेकपाका गोपाल शर्मा विजयी

काठमाडौँ- एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट नेकपाका गोपाल शर्मा निर्वाचित हुनुभएको छ । उहाँ  २१६०९ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु केसीले १६६६१ मत प्राप्त गर्नुभयो ।

४८ बर्षीय शर्मा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । सङ्घीय संसद्‌मा शर्माको पहिलो यात्रा भए पनि उहाँ यसअघि नै २०७४ सालको निर्वाचनमा रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

उहाँ कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत बनिसक्नुभएको छ ।

चौरजहारी नगरपालिकाको लहरेसिमल गाउँमा जन्मिनुभएका शर्माले स्नातक तहको शैक्षिक योग्यता हासिल गर्नु भएको छ ।

शर्माले २०४६ सालमा १२ वर्षको उमेरमै अनेरास्ववियु क्रान्तिकारीमा आवद्ध भएर राजनीति शुरु गर्नु भएको थियो ।

पार्टीमा निरन्तर क्रियाशील शर्मा २०७१ मा माओवादी केन्द्रको रुकुम जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यमा चयन हुनुभएको थियो।

उहाँ २०७३ मा माओवादीको केन्द्रको पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारीमा पुग्नु भयो।

यसअघि जनार्दन शर्मालाई पटक-पटक संसद्‌मा पुर्‍याउन चुनावी कमान्डर बन्नु भएका शर्मा यसपटक भने शर्माविरुद्ध नै चुनावी प्रतिश्पर्धामा रहेर जित हासिल सफल हुनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.