कालिकोटबाट नेकपाका महेन्द्र बहादुर शाही विजयी

काठमाडौँ- प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कालिकोटबाट नेकपाका महेन्द्र बहादुर शाही निर्वाचित हुनुभएको छ। उहाँ ११७३४ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नगीन्द्र शाहीले १०६४७ मत प्राप्त गर्नुभएको छ ।
तत्कालिन नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले २०४८ सालमा नेकपा मसाल एकता केन्द्रबाट राजनीति सुरु गर्नु भएको हो ।
२०५२ सालमा नेकपा (माओवादी)मा भूमिगत राजनीतिमा संलग्न हुनुभएका शाही २०७० सालको संविधान सभा निर्वाचनमा कालिकोट क्षेत्र नम्बर १ बाट निर्वाचित हुनु भएको थियो ।
२०७४ सालको निर्वाचनमा भने कालिकोटको प्रदेश सभा ख बाट निर्वाचित भएर उहाँ कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत बन्नुभयो । उहाँ २०७४ फागुनदेखि २०७८ सम्म कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री बन्नुभएको थियो ।
२०७९ मा कालिकोटबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित उहाँ ऊर्जामन्त्री पनि हुनुभयो ।
१० वर्षे जनयुद्धमा भूमिगत, जनमुक्ति सेनाको छैटौँ डिभिजन कमाण्डर बनेर उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्