यस्तो देखियो चैते दसैँको विशाल कलश यात्रा (फोटो फिचर)

महोत्तरी- महोतरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजारमा चैते दसैंको पहिलो दिन बिशाल कलश यात्रा निकालिएको छ । कान्तिबजारमा रहेको दुर्गा मन्दिरमा चैत शुक्ल अष्टमीमा मनाइने चैते दसैँको पहिलो दिन बिहीबार कलश यात्रा निकालिएको हो ।

कान्तिबजारबाट सुरु भएको बिशाल कलश यात्रा एघारनम्बर, सातनम्बर, लक्ष्मिनीया हुँदै रुपनी खोलामा कलश भरी परडिया हुँदै कान्तिबजार आएको थियो । बाजागाजसहित सुरु भएको यात्रामा हजारौँ  जना सहभागी थिए ।

कान्तिबजारमा दुर्गा मन्दिर निर्माण भएपछि यहाँ वर्षेनि चैते दसैँ भव्यताका साथ मनाइँदै आएको छ ।

कलश यात्रामा सभाागिहरुलाई स्थानीयहरुले जुश, पानी, सर्वत र अबिरले स्वागत गरेका थिए । गर्मीको समयमा खालिखुट्टा हिडने समस्या हुने भएर सडक पानीले भिजाइएको थियो । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसै हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुइ पटक मनाउने गर्दछन् । असोजमा मनाईंने दसैँलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दसैँलाई चैते दसैँ भनिन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.