रुपन्देही र कपिलबस्तु लगायतका पश्चिम तराईका जिल्लामा दिउसै अन्धकार

काठमाडौँ- प्रदेशको केही जिल्लामा शुक्रबार मेघगर्जन र चट्याङ्गसहित पानी परेको छ । शुक्रबार एक घण्टामा सबैभन्दा धेरै दाङको अम्मरपुरमा ३२.८ मिलिमिटर वर्षा मापन भएको छ । तराइका रुपन्देहि ,कपिलबस्तु नवलपरासि लगाएतका जिल्लमा दिउसै देखि हावा हुरिलाग्नुका साथै दिउसै अन्धकार भएको थियो ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र ठूलो हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आइतबारसम्म बालीनाली नकाट्नसमेत समेत किसानलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले दिएको विवरणका आधारमा प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । प्रि–मनसुन अवधि भएकाले हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्नसक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।
पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ । प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन समेत सबैमा अनुरोध गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्