दाउन्ने क्षेत्रमा रातिको समयमा ठुला मालवाहक सवारी साधन चलाउन रोक

काठमाडौं ।  नारायणघाट–बुटवल सडक खण्डमा आजबाट तीन दिन राति ठुला मालवाहक सवारी सधान चलाउन रोक लगाइएको छ ।

सडक विभागको आयोजना निर्देशनालयले अत्यन्त जरुरी सूचना जारी गर्दै आजदेखि परेको अविरल वर्षाका कारण उक्त खण्डको सडक चिप्लो भई ठूलो मालवाहक सवारीसाधनहरू चिप्लिने, अड्किने तथा जाम हुने समस्या देखिएकोकाे रातिको समयमा त्यस्ता सवारी सधान संचालनमा रोक लागाएको जानकारी गराएको हो ।

यही अवस्थालाई मध्यनजर गर्दै चैत ६ गतेदेखि चैत ९ गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म ठूलो मालवाहक सवारीसाधनहरूलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किवास बजार क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ।

त्यसैगरी, छोटो तथा लामो दूरीका यात्रुवाहक सवारीसाधन र आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने सूचनामा उल्लेख गरिएको छ।

साथै अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरिएको छ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.