गुल्मीमा चट्याङ पर्दा ३ जना घाइते, केही चौपाय मरे

गुल्मी- गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङमा चट्याङ लाग्दा ३ जना घाइते भएका छन । चट्याङबाट ३ वटा बाख्रा मरेका छन् ।
शुक्रबार परेको चट्याङले स्थानीय ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरु खड्का र २९ वर्षका विष्णु खड्का घाइते भएका हुन् ।
घाइतेमध्ये गोमा खड्काको अवस्था गम्भीर रहेको छ भने उनी बेहोस अवस्थामा रहेको जनाइएको छ।
निरु र विष्णुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) गंगाबहादुर सारुले बताउनुभयो ।
घटनामा स्थानीय सुशील खड्काले उद्धारमा सहयोग गरेका थिए। चट्याङकै कारण विष्णु खड्काको १ वटा र बाली बिकेको २ वटा गरी जम्मा ३ वटा बाख्रा मरेका छन् ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी पौदी अमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको कमाण्डमा प्रहरी टोली खटिएको थियो।।






प्रतिक्रिया राख्नुहोस्