अमेरिका–इरानबीच सकारात्मक वार्ता, सैन्य आक्रमण पाँच दिनका लागि स्थगित

काठमाडौँ —  अमेरिका–इरानबीच  पछिल्ला दुई दिनदेखि मध्यपूर्वमा जारी तनाव समाधानका विषयमा महत्वपूर्ण एवम् फलदायी वार्ता भएको अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ।

म यो जानकारी दिन पाउँदा खुशी छु कि सयुक्त राज्य अमेरीका र इरानबीच पछिल्ला दुई दिनमा मध्यपूर्वमा रहेका आपसी शत्रुताको पूर्ण र अन्तिम समाधानका विषयमा अत्यन्त सकारात्मक र फलदायी वार्ताहरू भएका छन्।

जुन यस हप्ताभरि जारी रहनेछन्—मैले युद्ध विभागलाई इरानी विद्युत् उत्पादन केन्द्रहरू र ऊर्जा पूर्वाधारमाथि गरिने सबै प्रकारका सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु।ट्रम्पले सामाजिक संजालमा भन्नु भएको छ ।

मध्यपूर्वमा तनाव न्यूनीकरणका लागि ट्रम्पको यो कदमलाई महत्वपूर्ण मानिएको छ।

यसैबीच इरानी समाचार एजेन्सी तस्निमले पनि ट्रम्पको निर्णयलाई ‘पछाडि हटेको’ रूपमा व्याख्या गरेको छ ।

सोमबार  उक्त समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा एक वरिष्ठ सुरक्षा अधिकारीले ट्रम्प इरानबाट आएको विश्वसनीय सैन्य चेतावनीपछि पछाडि हट्न बाध्य भएको बताएका छन्।

उनका अनुसार इरानले महत्वपूर्ण पूर्वाधारमाथि आक्रमण गरिए कडा जवाफ दिने स्पष्ट संकेत दिएपछि अमेरिकाले आफ्नो अडान परिवर्तन गरेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.