तयार भए संसदीय दलका कार्यालयहरु

काठमाडौँ-  प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथको मिति नजिकिदै गर्दा संसद सचिवालयले दलको कार्यालय ब्यवस्थापनको कार्य सम्पन्न गरेको छ ।

सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि सिट संख्याका आधारमा संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ ।सिंहदरबारमा नयाँ संसद निर्माण कार्य सम्पन्न नभएकाले हालकै संसद सचिवालय परिसरमा रहेको संरचनामा नै दलको कार्यालय व्यवस्थापन गरिएको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सीट संख्या फेरबदल भएसँगै त्यही अनुसार दलको कार्यालय व्यवस्था गरिएको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

संसद सचिवालयले कांग्रेस र एमालेलाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरेको छ भने यसअघि नेकपाले प्रयोग गर्दै आएको दलको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपलव्ध गराइएको छ ।

त्यस्तै यसअघि रास्वपाले प्रयोग गर्दै आएको कार्यालयमा नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई व्यवस्थापन गरिएको प्रवक्ता गिरीले बताउनुभयो ।

अहिले अल्पकालीन व्यवस्थापन गरिएको नयाँ भवन निर्माण सम्पन्न भएपछि त्यहीँबाट संसद र संसदीय गतिविधि हुने उहाँले जानकारी दिनुभयो । प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरुको पद तथा गोपनियताको सपथ भने नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.