नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरुको शपथ ग्रहण सम्पन्न

काठमाडौँ- नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरुले आज पद तथा गोपनियताको शपथ लिनु भएको छ। सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले २७४ जना प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको हो ।
जेनजी आन्दोलनका क्रममा जलेको सिंहदरवार परिसर लामो समय सुनसान जस्तै थियो । सांसदहरुको शपथग्रहणको क्रममा आज एकाएक सिंहदरवार परिसरमा चहलपहल बढेको छ ।
सांसदहरुले विभिन्न भेषभूषा र आफ्नो पहिचान झल्कने पोशाकमा शपथ लिएका थिए ।।






प्रतिक्रिया राख्नुहोस्