भारतीय सहयोगमा सुनसरीमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने

काठमाडौँ –  कोसी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको दुहबी नगरपालिका–४ मा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ।

भारत सरकारको अनुदान सहयोगमा बन्न लागेको सो  फोहोर मैला व्यवस्थापन केन्द्रको  आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव  नारायण सिंह र दुहबी नगरपालिकाका मेयर  वेद नारायण गच्छदारले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

भारत सरकारको आर्थिक सहयोग करिब  १६करोड ४लाख रुपैयाँमा सो फोहोर मैला व्यवस्थापन केन्द्रको निर्माण हुँदै छ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सुनसरीको दुहबी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

सो अवसरमा आयोजित कार्यक्रममा दुहबी नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गर्नुभयो र यो नयाँ संरचनाले दुहबी नगरपालिकामा दिगो फोहोर मैला व्यवस्थापनलाई प्रवर्द्धन गर्न मद्दत पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

नजिकका छिमेकीको रूपमा भारत र नेपालबिच व्यापक र बहु क्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई  सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने काठमाडौँस्थित भारतीय दूतावासव्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.