संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय
संविधान संशोधनका विषयमा बहस पत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा समिति गठन

काठमाडौँ- सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यही चैत १९ गते बिहीबार दिउँसो २ः०० बजे संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
यसै मन्त्रीपरिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्हाकारको नेतृत्वमा संविधान संशोधनका बहस पत्र तयार गर्न राजनीतिक दलहरु सम्मिलित समिति गठन गर्ने निर्णय पनि गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्