हेटौँडामा यही चैत्र २६ गतेदेखि मैत्रीय पूजा हुने

काठमाडौँ- बोधि श्रवण धर्म संघ नेपालले यही चैत्र २६ गतेदेखि ३० गतेसम्म मानवलगायत सम्पूर्ण जगतको उद्धार गर्न “विश्वशाान्ति महा मै मैत्री बोधि मार्ग दर्शन/मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम” हेटौँडाको लोकतान्त्रिक (हुप्रा) चौरमा गर्ने भएको छ ।
२१औं विश्वशान्ति महा मै मैत्री बोधि मार्ग दर्शन-मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रमले विश्वशान्ति र मैत्री भावपूर्ण विश्व निर्माण र मैत्री
शान्तिको सन्देश प्रवाह गर्ने संघले जनाएको छ ।
अहिले मानव अन्तरमन तीब्र गतिमा भौतिक र आध्यात्म बीचको द्वन्द्वको चक्रमा अल्झिएको भन्दै संघले असहिष्णुता, हिंसा र बिभाजनतर्फ बढ्दै गइरहेको मानव समाजलाई मैत्री भावपूर्ण शान्ति, सत्य र शुद्धता स्थापित गर्न अनुष्ठानको आयोजना गरिएको उल्लेख गरेको छ ।
संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी मैत्रीभावलाई आत्मबोध गर्दै अर्पण, समर्पण पूर्ण निष्ठाका साथ निस्वार्थ भाव (मैत्रीभाव) द्वारा गरिने सत्कर्ममा लाग्न सकून भन्ने उदेश्य अनुष्ठानको रहेको जनाएको छ ।
शान्ति, दया, माया, करुणा, मित्रता, मैत्रीयता, सह-अस्तित्व, सह-जीवन, सहकार्य जस्ता मानवताबादी भावना अभिबृद्धि गर्न सहयोग पुग्ने भन्दै संघले सो अनुष्ठानमा सहभागी हुन सबैलाई आह्वान पनि गरेको छ।।






प्रतिक्रिया राख्नुहोस्