सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

सिन्धुली- सिन्धुलीको सुनकोशी गाउँपालिकासाइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

काठमाडौँबाट काँकडभित्तातर्फ आउँदै गरेको बा४ख ५०५२ नम्बरको माइक्रोबसखुर्कोटबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा माइक्रोबसका चालक ललितपुर महानगरपालिका१५ का ३८ वर्षीय गजबहादुर मगर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रविन तिवारी तथा ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

चालक मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै दुर्घटनामा घाइते अन्य यात्रुहरुमा झापाको शिवसताक्षी नगरपालिकाझिलझिलेकीवर्षीया संस्कृती यादव र ३२ वर्षीया कल्पना राई, मेची नगरपालिका१३ का ३८ वर्षीय अमेश खड्का, भद्रपुर नगरपालिका१ का २२ वर्षीय अमृत राना मगर र कचनकवल गाउँपालिका७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल रहेका छन् ।

उनीहरुको स्थानीय आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ । बस चालक दोलखाको बैतेश्वर गाउँपालिका६ का सुमन सुवेदीलाई प्रहरीले नियन्त्रण लिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.