एकल उम्मेदवारी परेपछि अर्याल सभामुख बन्ने निश्चित

काठमाडौं – प्रतिनिधि सभाको नयाँ सभामुखमा एकल उम्मेदवारी परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुख बन्ने निश्चित भएको छ।
सभामुखका लागि उम्मेदावरी मनोनयका लागि दिएको समय सीमा भित्र रास्वपा सांसद अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।
संसद् सचिवालयले बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो।
आइतवार बस्ने प्रतिनिधि सभा बैठकमा अर्याललाई सभामुख बनाउने प्रस्ताव टेवल हुने र प्रस्तावक र समर्थकले सदनमा विचार राख्ने त्यसपछी अर्याल प्रतिनिधि सभाको सभामुख चयन भएको घोषणा गरिने प्रक्रिया रहेको संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले बताउनु भयो ।
अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्