शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकताः शिक्षामन्त्री पोखरेल

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकता भएको बताउनुभएको छ । मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले देशभरको शिक्षा क्षेत्रको सुधारका लागि काम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

सरकारको प्रवक्ता समेत रहनुभएका शिक्षामन्त्री पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रको सुधार क्रमशः हुदै जाने बताउनुभयो । पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने उहाँको भनाई छ ।“विगतमा पहुँच कम भएका विद्यालय÷विश्वविद्यालयहरु बढी प्राथमिकतामा सरकारले राख्ने छ”, शिक्षामन्त्री पोखरेलले भन्नुभयो,“ आगामी पाँच बर्षभित्र क्रमशः हरेक क्षेत्रमा सुधार गर्दै जाने छौं । पुहँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइँने छ ।”

मन्त्री पोखरेलले सरकारको प्राथमिकताका विषयलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।उहाँले भन्नुभयो,“अबको पाँच बर्ष नेपालका लागि टेष्ट पिरियड हो । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद सबै क्षेत्रको आ–आफ्नै महत्व छ । हामी सबै साझेदार भएर काम गर्नुपर्छ ।”फाप्ला क्रिकेट रङ्गशालालाई विश्वसँग जोड्छौँ, मन्त्री पोखरेल

यसअघि आजै शिक्षामन्त्री पोखरेलले धनगढिस्थित फाप्ला क्रिकेट मैदानको निरीक्षण गर्नुका साथै खेलाडीहरुसँग अन्तरक्रियासमेत गर्नुभयो ।सो अवसरमा शिक्षामन्त्री पोखरेलले फाप्ला क्रिकेट रङ्गशालालाई विश्वसँग जोड्न राज्यले विशेष महत्व दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“सबैभन्दा ठूलो क्षेत्रफल भएको र धेरै संख्यामा दर्शक अट्ने प्याराफिट भएको फाप्ला क्रिकेट रङ्गशालालाई राज्यले महत्वका साथ लिएको हुनाले नै अहिलेको अवस्थामा आइपुगेको छ । यसको स्रोत व्यवस्थापन र सञ्चालन प्रभावकारितालाई ध्यान दिनेछौँ ।”

भोलि बुधबार कैलालिको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा अर्थात् सिनेट बैठकको अध्यक्षता गर्ने तथा विभिन्न शैक्षिक तथा खेलकुद क्षेत्र अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.